स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

मालिङ्गाको अनुपस्थिति मा नै श्रीलङ्का विश्व कप क्रिकेटमा बङ्गालादेशसँग खेल्दै

latest world news
सेयर गर्नुहोस

ब्रिस्टोल, बेलायत, २८ जेठ : श्रीलङ्काका प्रसिद्ध क्रिेकेट खेलाडी लासिथ मालिङ्गा मङ्गलबार बङ्गलादेशसँगको खेलमा अनुपस्थित रहने हुनुभएको छ ।

श्रीलङ्काका फास्ट बलरका रूपमा चिनिने मालिङ्गाले सासूआमाको अन्त्येष्टि समारोहमा उपस्थित हुन चाहेकाले उहाँलाई बङ्गलादेशविरुद्धको मङ्गलबारको विश्वकप खेलमा विदा दिइएको श्रीलङ्काको क्रिकेट बोर्डले जानकारी दिएको छ ।

सन् १९९६ को विश्वकप विजेता राष्ट्रले मालिङ्गा विना नै बेलायतको ब्रिस्टोलमा हुने खेल खेल्नेछ भने अर्को दिन अष्ट्रेलियाविरुद्धको खेलमा उहाँ फिर्ता आउनुहुनेछ ।

श्रीलङ्काको क्रिकेट बोर्डद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मालिङ्गा आफ्नी सासूआमाको मृत्युका कारण शोकमा परेका र अन्त्येष्टिका लागि मङ्गलबार नै श्रीलङ्का जाने कार्यक्रम तय भएका कारण उहाँलाई आजको खेलमा समावेश गरिने छैन ।” उहाँ जुन १५ मा हुने खेलमा सहभागी हुन एक दुईदिनभित्रमा नै बेलायत फर्किनुहुनेछ ।

श्रीलङ्काले यस बर्षको विश्वकप क्रिकेटमा अहिलेसम्म दुई खेल खेलेको छ । उसको न्यूजिल्याण्ड र अफगानिस्तानसँगको खेलमा न्यूजिल्याण्डसँग पराजय भएको थियो भने पाकिस्तानमाथि जीत हाँसिल गरेको छ । जसबाट उसले अहिलेसम्म जम्मा ३ अङ्क ल्याएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -