स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

गहुँ उत्पादन बढ्यो

सेयर गर्नुहोस

डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ । समयमै वर्षा र पटकपटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरुले पनि किसानलाई उन्नत जातको गहुँको बीउ अनुदान दिएपछि गहुँ उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

डडेल्धुरामा आठ हजार ७४० हेक्टर क्षेत्रफलमा गहँुखेती हुने गरेको छ । बढी पाखो जमीन रहेकाले गहुँ लगाउँदादेखि पाक्दासम्म समय समयमा वर्षा भएपछि गहुँको उत्पादनमा वृद्धि हुने गरेको छ ।

गहुँ यहाँको प्रमुख बालीमध्येको भएकाले उत्पादनमा वृद्धि भएसँगै किसान पनि खुशी भएका छन् । उत्पादन वृद्धिले यस वर्ष तराईका जिल्लाबाट हुने गहुँको आयातमा पनि कमी आउने बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -