स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

सेयर गर्नुहोस

कान्दाहार, २७ जेठ – अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ ।
सेनाले जारी गरेको पछिल्लो वक्तव्यमा कान्दाहार र छिमेकी प्रान्तहरुमा तालिबान विरुद्ध सेनाले कारबाही तिब्र बनाएको जनाइएको छ ।
सैनिक कारबाहीमा तालिबानका एक जना प्रभावशाली कमान्डर मुल्लाह महमुद पनि मारिएका छन् । यसैगरी, कान्दाहार प्रान्तका मिवान्द, मियासिन र शाह वालीकोट जिल्लामा गत शनिबारदेखि जारी कारबाहीमा ४१ जना विद्रोहीको ज्यान गएको सेनाको वक्तव्यमा उल्लेख छ ।
सेनातर्फको क्षतिको विवरण भने दिइएको छैन । कान्दाहार, जाबुल, हेल्मन्ड र उरुगजान प्रान्तमा तालिबानको विशेष उपस्थिति रहेको छ । गत अप्रिल १२ देखि तालिबानले अफगानिस्तानका सबै क्षेत्रमा सरकारी फौज विरुद्ध कारबाही तिब्र बनाउने घोषणा गरेको थियो ।
अफगान रक्षामन्त्री अस्सादुल्लाह खालिदले तालिबान विरुद्ध सशक्त कारबाही अघि बढाउन सेनालाई निर्देशन दिनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -