स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन् स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्


ढकेरी वनस्पति उद्यानमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, कुरिलो, बेतलौरी, आँख, राजवृक्ष, कालोमुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, हर्रो, बर्रो, सिन्दुर, अनन्तमूल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो, कालमेघ, छतिवन, पीपलालगायत ४०० दुर्लभ प्रजातिका वनस्पति संरक्षण गरिएको छ ।,world environment day, tree, world environment day tree plantation

डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे कार्यक्रमसहित गरेर वन कार्यालयले तीन लाख ५० हजार बिरुवा हुर्काएको जानकारी दिनुभयो ।



उहाँका अनुसार राष्ट्रपति चुरे कार्यक्रमको बजेट स्थानीय तहमा गएको छ । एउटा बिरुवा हुर्काउन रु नौ खर्च हुने गर्दछ । त्यही बिरुवा किन्नु पर्दा रु ३० हाराहारी खर्च हुने पौडेलले बताउनुभयो ।

वन कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार बिरुवा हुर्काउने बजेट स्थानीय तहमा गए पनि बिरुवा भने हुर्काइएको छैन । ती तहहरुबाट बिरुवा हुर्काइएको विवरण प्राप्त नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट स्थानीय तहमा गयो । बजेटको अभावमा हामीले बिरुवा कम मात्र हुर्कायौँ ।” स्थानीय तहले पनि नहुर्काएपछि बिरुवाको अभाव हुने पौडेलको भनाइ थियो । स्थानीय तह भने बिरुवा खरीद गरेर वृक्षरोपणको तयारीमा रहेका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले यस वर्ष बिरुवा हुर्काउन नसकिएको बताउनुभयो । वडा नं ८ मा स्थान तय गरेको भए पनि यस वर्ष भने बिरुवा किन्ने तयारी गरेको उहाँको भनाइ थियो । जिल्लामा हर्रो, बर्रो, अमला, कपूर, म्याङ्गो स्टिक, टाँकी, वडहर, रिठ्ठो, जामुन जस्ता बिरुवा हुर्काउने गरिन्छ । सामुदायिक वन क्षेत्रमा हरेक वर्ष वृक्षरोपण गर्नुपर्ने हुन्छ । पौडेलले बिरुवाको अभावमा आवश्यक सङ्ख्यामा वृक्षरोपण हुन नसक्ने देखिएको बताउनुभयो । सर्वसाधारण र कृषक यसबाट बढी प्रभावित हुने पौडेलको भनाइ छ । हरेक बर्सातको समयमा विभिन्न ठाउँमा वृक्षरोपण गर्ने गरिन्छ ।

जिल्लाको कुल क्षेत्रफलमध्ये एक लाख ४७ हजार ४९० हेक्टर वन क्षेत्र रहेको छ । जसमा निकुञ्ज, राष्ट्रिय वन, सामुदायिक वन र मध्यवर्ती क्षेत्र पर्दछन् ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि