मुख्यमन्त्री पौडेल डिस्चार्ज मुख्यमन्त्री पौडेल डिस्चार्ज


province 3, nepal - dolmani poudel - the times of nepal
१९

हेटौँडा, २७ जेठ : मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज हुनुभएको छ । यही जेठ १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएको हो ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उहाँको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।



अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको थियो । उहाँ अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो । जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।


User Avatar
द टाइम्स अफ नेपाल
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि