स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

भोटोजात्रा : यस पालि पनि प्रमाण आएन

Bhotozatra 2019
सेयर गर्नुहोस

राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गर्नुभयो ।

अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाउनुभयो । सो अवसरमा गुरुज्यूको पल्टनले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । कार्यक्रममा कावा प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहभागी हुनुहुन्थ्यो । भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाले नेवारी नृत्य प्रदर्शन गरेका थिए ।
 Bhotozatra 2019
गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गर्नुभयो । जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए । राष्ट्रप्रमुखको बिदाइपछि भक्तजनले चामल र फूल चढाएर मच्छिन्द्रनाथलाई बिदा गरे । भोटो जात्रा सम्पन्न भएपछि आजै साँझ स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएका छन् भने मछिन्द्रनाथको रथसँगै रहने मीननाथको रथलाई टंगालतर्फ लगियो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -