स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

धारामा लेदो आएपछि खानेपानी सङ्कट

एक घर, एक धारा
सेयर गर्नुहोस

धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो ।

बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको सदरमुकाममा कोठा भाडामा लिएर बस्नुभएका रविना सुनुवारले बताउनुभयो । “एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ धारामा खाना त बाहिर गएर खाइयो । पिउने पनि पानी छैन ।” रविना जस्तै सदरमुकामका स्थानीय तथा कोठा भाडामा लिएर बसेका समस्यामा छन् ।

धारामा धमिलो पानी आएपछि होटल व्यवसायी त्यसको मारमा परेका छन् । पानी अभावका कारण व्यवसाय सञ्चालनमा समस्या भएको रोज रेस्टुरेन्टका सञ्चालक गोपाल बज्राचार्यले बताउनुभयो । ग्राहकको मागअनुसार पानीसमेत उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । “मिनिरल वाटरले व्यवसाय धान्नुपर्ने अवस्था आयो”, बज्राचार्यले भन्नुभयो, “ग्राहक तातोपानी माग्छन् मिनिरल वाटर तताएर दिने कुरा भएन । पानी छैन हजुर भनेर टार्नुपरेको छ ।” सर्वसाधारण पनि केही दिनअघि थापेको पानी र मिनिरल वाटरको भरमा छन् ।

पानीको मुहानमा भल पसेकाले समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव रुपेश शाक्य बताउनुहुन्छ । मुहान र ट्याङ्की सरसफाइ गरेर सफा खानेपानी उपभोक्तालाई उपलब्ध गराउन आफूहरु लागि रहेको उहाँको भनाइ छ । अव्यवस्थित मुहान र वितरण प्रभावकारी नहुँदा ओखलढुङ्गा सदरमुकाममा खानेपानीको समस्या बढ्दै गएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -