स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

कला विकासमा सरकार सजग छ : परराष्ट्रमन्त्री

pradip-kumar-gayali
सेयर गर्नुहोस

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले आज आयोजना गरेको ललितकला प्रदर्शनी २०७६ को समापन कार्यक्रममा आज मन्त्री ज्ञवालीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढी लगानी गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा तत्काल चासो दिन नसकेको बताउनुभयो ।

“कलालाई विकास गर्ने विषयमा सरकार सजग छ”, उहाँले भन्नुभयो, “नकारात्मकतालाई सकारात्मक बनाउने काम कलाले गर्नुपर्छ ।” उहाँका अनुसार अब सरकारले तीनै वटा प्रतिष्ठानका विषयमा सरकारले उचित निर्णय लिनेछ । नाफाका कुलपति केके कर्माचार्यले प्रतिष्ठानको आफ्नै भवन नभएकाले भाडाको ठाउँमा प्रदर्शनी गर्नुपरेको बताउनुभयो । “प्रतिष्ठानका विषयमा सरकारले अलिकति पनि चासो दिएको छैन”, उहाँले दुखेसो पोख्नुभयो ।

नाफाका पूर्वकुलपति रागिनी उपाध्यायले नेपाली चित्रकलाले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने भन्दै सरकारले चित्रकलामार्फत पर्यटक भित्र्याउन सक्नुपर्नेमा जोड दिनुभयो । यही जेठ २ गतेदेखि शुरु भएको प्रदर्शनीमा ५१५ वटा चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएका थिए जसमा ५० विद्यालयका विद्यार्थी पनि सहभागी थिए । प्रदर्शनीमा यथार्थवादी चित्रकला, परम्परागत चित्रकला, अमूर्त चित्र, साङ्केतिक चित्रकला आदि प्रदर्शनीमा राखिएका थिए जसमा सातवटै प्रदेशका कलाकारले सहभागिता जनाएका थिए । प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए । प्रदेशस्तरीय चित्रकलालाई छुट्टाछुट्टै राख्नुपर्ने सुझाव दिएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -