स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री पोखरेलको चीन भ्रमणको तयारी

सेयर गर्नुहोस

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमण गर्नुहुने भएको हो ।

मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वीकृत प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा मुख्यमन्त्री पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मुख्यमन्त्री पोखरेल चीन भ्रमणका क्रममा गरीबी निवारण र विकास विषयक कार्यक्रममा सहभागी हुनुहुनेछ भने चीन र नेपालका शहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेकोसमेत प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश सरकारका तर्फबाट प्रदेशमा विभिन्न क्षेत्रका प्रबुद्ध, ख्यातिप्राप्त र योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्न प्रदेश विभूषण पदकको व्यवस्था गर्न विभूषण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विधेयकमा विभिन्न ११ प्रकारका विभूषणको व्यवस्था गरिएको छ ।

विधेयकमा सबैभन्दा उच्च तहको पदक गौतमबुद्धको नाममा बुद्ध शान्ति पदक नामकरण गरिएको छ । यस्तै प्रदेश प्रमुख जनसेवा, मुख्यमन्त्री प्रज्जवल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवा श्री, प्रदेश रत्न, पुथा श्री, प्रदेश प्रज्ञा, प्रजापती गौतमी र दङ्गिशरण बलिहाङ पदक स्थापना गर्ने प्रस्ताव गरिएको छ । पदक विभूषण संविधान दिवस असोज ३ गतेका दिनमा पदक घोषणा गरेर प्रदेश स्थापना भएको फागुन ३ गतेका दिनमा वितरण गर्ने प्रस्ताव गरिएको छ ।

बैठकले सार्वजनिक लिखत प्रमाणीकरण नियमावली २०७६ लाई स्वीकृत गर्नाका साथै सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका संशोधन, प्रा लि फर्म व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका जिल्लामध्येको प्यूठानका दुई गाउँपालिकाका केन्द्र परिर्वतन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । प्यूठान जिल्लाको ऐरावती गाउँपालिकाको साबिकको बरौला केन्द्रबाट पुरनठाटी ददेरीपाटा र माण्डवी गाउँपालिकाको देवीस्थान केन्द्रबाट जसपुर सार्ने प्रस्तावलाई स्वीकृत गर्दै सङ्घमा सिफारिश गरिएको हो । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–३ को सीमा परिवर्तन गरेर साबिक शिवपुर गाविसलाई वडा नं १ मा गाभ्ने सिफारिशलाई स्वीकृत गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -