स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

हिंसामुक्त प्रदेश बनाइनेछ–मुख्यमन्त्री राई

serdhan rai, karnali pardes, cm of karnali province
सेयर गर्नुहोस

विराटनगर,१७ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई हिंसा र अपराधमुक्त बनाउने कार्यमा सरकार अघि बढिरहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आज यहाँ आयोजित ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब (एसटिसी) सञ्चालनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले शुरु गरेको सुसंस्कृत, स्वच्छ, नैतिकवान र लागुऔषध दुव्र्यसनमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिँदै यसले प्रदेशमा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले नयाँ अभियानका रुपमा सञ्चालन गरेको युवायुवतीलाई लागुऔषध दुव्र्यवसनीबाट मुक्त गरी समाजप्रति जिम्मेवारीबोध गराई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको आगामी नीति कार्यक्रम र बजेटमा कृषि, पर्यटन पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलको एउटै उद्देश्य प्रदेशका जनताको आर्थिक समृद्धि कायम गराउनेमा नै केन्द्रीत रहेको बताउँदै सहमति र सहकार्यबाट समुन्नत प्रदेश निर्माणका लागि सरकारले सबैको साथ र सहयोग लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले युवा पुस्तालाई सामाजिक हिंसा, लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, विपद् व्यवस्थापनमा लगाउन यस अभियान केन्द्रीत रहने र यसबाट समाजमा दीर्घकालीन सोचको विकास हुने धारणा राख्नुभयो । उहाँले अभियानअन्तर्गत प्रदेशका १३७ स्थानीय निकायमा रहेका सामुदायिक तथा संस्थागत दुई हजार विद्यालयका झण्डै दुई लाख विद्यार्थीबीच स्वयंसेवकहरु पुगी उनीहरुलाई महिला हिंसा अन्त्य र सकारात्मक भावना जागृत गराउन प्रशिक्षित गर्ने र बीचमै विद्यालय छाड्ने प्रतिशत शून्यमा झार्ने बताउनुभयो ।

कार्यक्रमा मन्त्रालयका सचिव भरतमणि रिजाल, सहभागी प्रशिक्षकहरु डम्बर अधिकारी र प्रकाश पोखरेलले युवायुवतीमा सभ्य, सुसंस्कृत र संस्कारयुक्त नागरिक उत्पादन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । प्रदेश सरकारअन्तर्गत २१ र १४ जिल्लाका १४ जना स्वयंसेवकहरु गरी जम्मा ३५ जना प्रशिक्षकलाई यही जेठ १३ गतेदेखि मुख्य प्रशिक्षकको रुपमा तालीम प्रदान गरिएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -