सङ्घीयताको प्रश्न अझै हल भएको छैनः नेता भट्टराई सङ्घीयताको प्रश्न अझै हल भएको छैनः नेता भट्टराई


Former prime minister, Dr. Baburam Bhattarai

लुम्बिनी, १७ जेठ : देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताउनुभएको छ । भैरहवामा आज पत्रकारसँगको कुराकानीमा डा भट्टराईले भन्नुभयो, ‘‘सङ्घीयताको समस्या अझै हल भइसकेको छ्रैन ।
देशमा दिगो शान्ति र समृद्धि भएपछि मात्रै यस समस्याको हल हुन्छ । हामीले प्रस्ताव गरेको १० जोड एक प्रदेश राज्य पुनःसंरचना आयोगले दिएको सिफारिसको आधारमा गरिएको हो । त्यसलाई कार्यान्वयन तहमा लगेमा पनि धेरै प्रश्नको हल हुनेछ ।’’
डा भट्टराईले सङ्घीयताको विषयमा अहिल्य नै टीकाटिप्पणी गर्नु र सङ्घीयता ठीक छैन भनेर हल्ला गर्नु जरुरी नरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको परिवेशमा सङ्घीयता भर्खर जन्मेको बच्चा जस्तै हो । यसलाई हुर्काउने बढाउने काम सबै राजनीतिक दलको हो ।’’
नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उपप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष उपेन्द्र यादवसहित भैरहवा आउनुभएका उक्त पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा भट्टराईले स्थानीय सरकारका प्रमुखहरुले गाडी सुविधा र अन्य सुविधा लिए भनेर धेरै हल्ला गर्नु पनि जरुरी नरहेको बताउनुभयो ।
डा भट्टराईले सरकारले फड्को मार्ने किसिमको बजेट ल्याउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सङ्घीयता, सुशासन, समाजवाद र समृद्धिको जगमा नै देशको विकास सम्भव छ, नेताहरुले सही ढङ्गले काम गरेमा १५ वर्षभित्र देशको आर्थिक स्तर मध्यमस्तरको हुन सक्दछ ।’’


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी