पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन


Palpa Durbar Museum

पाल्पा, १६ जेठ : ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठलगायतले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापन र निगरानी आवश्यक रहेको बताउनुभयो । औपचारिकरूपमा सङ्ग्रहालय सञ्चालनमा आएपछि प्रवेश गर्नेहरुलाई शुल्क लगाउने व्यवस्था गरिएको छ ।



सङ्ग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु पाँच, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु १०० लाग्नेछ । क्यामेरा शुल्क नेपालीका लागि रु २५, सार्कका लागि रु ५० र अन्य देशका नागरिकका लागि रु १०० कायम गरिएको छ ।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पर्यटक आकर्षणका लागि पाल्पा दरबार सङ्ग्रहालय सफल हुने बताउनुभयो । बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म सङ्ग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने तानसेन नगरपालिका अधिकृत भरत आचार्यले बताउनुभयो ।

जिल्ला सदरमुकाम तानसेनस्थित बहुउद्देश्यीय पाल्पा दरबार सङ्ग्रहालयले सञ्चालन गर्ने योजना रहे पनि सोहीअनुसार काम हुनसकेको थिएन । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सामग्रीको जोहो गर्न भनिएपछि सोहीअनुसारका वस्तु सङ्ग्रहालयले राख्न सकेको छैन । राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ गते माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । दरबारको पुनःनिर्माण भई सङ्ग्रहालयका रुपमा बदलिएपछि अहिले यो पर्यटक आकर्षणको गन्तव्य बनेको छ ।

विसं २०६४ असार ३१ देखि निर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न भए पनि दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय भएपछि पाल्पा दरबारको महत्व बढेको हो । विसं २०७२ मा पाल्पा दरबार सङ्ग्रहालय स्थापना भई सञ्चालनमा आएपछि औपचारिकरूपमा उद्घाटन गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा भएको हो । सङ्ग्रहालय प्रदेश नं ५ मातहत र तानसेन नगरपालिकाको रेखदेखमा सञ्चालन हुनेछ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि