स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रचण्ड गर्मीले जनजीवन प्रभावित

सेयर गर्नुहोस

प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसम विभागको यहाँस्थित कार्यालयका अनुसार, बाँके जिल्लाको तापक्रम एक सातादेखि ४१ देखि ४२ डिग्री सेल्सियसको आसपास रहेको छ ।

अत्यधिक तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक दिउँसोको समयमा घरबाट बाहिर निस्कदैनन् । असह्य गर्मी तथा तातो हावाका कारण ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ भने सञ्चालनमा रहेका अधिकांश शिक्षण संस्थाको अध्यापन विहानको समयमा हुने गरेको छ ।

अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्ति समय घटाएको छ । विद्युत् आपूर्तिसमेत नियमित हुन नसक्दा नागरिकलाई गर्मीले थप कष्ट पु¥याएको छ । “सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरेका छौँ, तर गर्मीको प्रभाव विद्युतीय उपकरणमा समेत पर्ने भएकाले बिग्रिरहने कारणले आपूर्ति हुने गरेको छ”, नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवको भनाइ छ ।

प्रचण्ड गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको पाइन्छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्दछन । वैशाखको १५ देखि ह्वात्तै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ४०÷५० जना विभिन्न सरुवा रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम शुरु भएयता बाँके जिल्लामा अहिलेसम्म पानी नपरेपछि धान खेती गर्ने कृषक पनि चिन्तिन हुन थालेका छन । धानको बीउ झर्ने समय नजिक आइसके पनि पानी नपरेका कारण जिल्लाका कृषकले ‘बियाड’ का लागि धानको बीउ छर्न पाएका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, कृषकहरुले जेठ महीनाको दोस्रो साताभित्र धानको बीउ छर्न नपाए धान उत्पादनमा हस आउने सम्भावना बढ्दै जाने छ । आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने यस जिल्लाका कृषकले आ–आफ्नो धर्मअनुसार अहिले पानीका लागि देवता रिझाउन विभिन्न धार्मिक अनुष्ठानसमेत गरिरहेको पाइन्छ । बाँकेमा वार्षिक सरदर ५२ हजार हेक्टरमा धान खेती गर्दै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -