स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

sentary-pad
सेयर गर्नुहोस

त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ ।

गाउँपालिकाले किशोरीका लागि प्याड उपलब्ध गराएको हो । विद्यालयको ३५औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि प्याड उपलब्ध गराइएको वडाध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो ।

अहिले तत्काललाई ५५ थान प्याड विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा आगामी दिनमा प्याडसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराइनेछ ।

विद्यालयमा प्याडको व्यवस्था नहुँदा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको भन्दै किशोरीहरुले प्याडको माग गरेको र यो माग आफूले गाउँपालिकामा राखेपछि प्याडको व्यवस्था गरिएको वडाध्यक्ष पुनको भनाइ छ । विद्यालयमै निःशुल्क रुपमा प्याड पाइने भएपछि विद्यालयमा अध्यनरत् किशोरीहरु हर्षित भएका छन् । उक्त सामग्री आज वडाध्यक्ष पुनले विद्यालयका प्रधानाध्यापक खीमबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -