स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु

अमेरिका - USA - The Times of nepal
सेयर गर्नुहोस

वासिङ्टन, ७ जेठ – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।
नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो ।
ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -