स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

उप–मेयर महिला क्रिकेट हुने

क्रिकेटमा उत्कृष्ट व्याटिङ
सेयर गर्नुहोस

जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । म्यान अफ द सिरिजलाई रु पाँच हजार दिइनेछ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौमा सञ्चालन हुने उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाको टोली सहभागी हुनेछ ।

उप–मेयर कपबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताउनुभयोे । गत वर्ष नगरपालिकाले उप–मेयर कपको पहिला संस्करण आयोजना गरेको थियो ।

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -