स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती हुन्न : नेता खनाल

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती नहुने बताउनुभएको छ ।

प्रेस सङ्गठत झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन, सञ्चार क्षेत्रमा देखिएका केही विवाद परिस्कार गर्ने प्रक्रियामा छन्, यसलाई अझ समुन्नत बनाइनेछ ।” उहाँले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।

“पत्रकारको आन्दोलनले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई अझ राम्रो बनाउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “मैले आन्दोलनलाई सकारात्मक रुपमा लिएको छु ।” पार्टी भित्र मिडिया काउन्सिल विधेयकका विषयमा छलफल भइरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रतामा आँच आउन दिँदैनौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टी सङ्गठन एकताको काम करीब करीब सकिएको उल्लेख गर्नुभयो । पार्टी एकता तीव्र गतिमा भइरहेकाले देशभरका करीब आठ लाख सदस्यमा सकारात्मक सन्देश प्रवाह भएको र पार्टी कार्यकर्तामा ऊर्जा थपिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले एकतासँगै नेकपा नयाँ नीति र सिद्धान्तका साथ अघि बढ्ने बताउनुभयोे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -