स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिबाट डा पोखरेल र ढकाललाई रोटरी अवार्ड

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले डा वीरेन्द्रराज पोखरेल र विश्वास ढकाललाई संयुक्त रुपमा ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स २०१९’ द्वारा पुरस्कृत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा उहाँहरुलाई जनही रु पाँच÷पाँच लाख राशिसहितको उक्त पुरस्कार प्रदान गर्नुभएको हो । सूचना प्रविधि र अन्वेषकको क्षेत्रमा अनुकरणीय कार्य गरेवापत डा पोखरेल र ढकाललाई सो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

सानै उमेरमा आँखाको ज्योति गुमाउनुभएका दृष्टिविहीन डा पोखरेललाई नेत्रहीन र छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिका लागि कम्प्युटर वा एन्ड्रोइडबाट पुस्तक पढ्ने प्रविधि जापानबाट नेपालमा भित्र्याइ विकास गरेकामा पुरस्कार प्रदान गरिएको हो । एफ वन सफ्ट ग्रुपका ढकाललाई वित्तीय प्रविधि, मोबाइल बैंकिङ, मोबाइल, वालेटलगायत प्रविधिको विकास गरी सर्वसाधारणमा पहुँच पु¥याएकामा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले रोटरीका सामाजिक तथा परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सामूहिकताका भावना विकास भई सबैलाई समाज सेवामा लाग्न प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो ।

लामो सङ्क्रमणकालपछि मुलुक नयाँ दिशामा अघि बढेको र सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को स्पष्ट लक्ष्य लिएको बताउँदै उहाँले सरकारले लिएको लक्ष्यलाई सफल पार्न सामूहिक भावनाका साथ सबैको योगदानको आवश्यकता औँल्याउनुभयो ।

सो अवसरमा रोटरीका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराईले रोटरी स्थापनाका उद्देश्यमाथि प्रकाश पार्दै रोटरीले नेपालमा छ दशकदेखि मानवीय सेवामा समर्पित रहेको र रोटरीलाई सक्रिय विकास साझेदार समाजिक संस्थाका रुपमा लैजाने विचार व्यक्त गर्नुभयो । पूर्वडिस्ट्रिक्ट गभर्नर तीर्थमान शाक्य, रोटरी क्लब अफ कान्तिपुरका अध्यक्ष नवराज ढकाल, रोटरी वाग्मतीका अध्यक्ष अखिल चापागाईंलगायतले रोटरीका कामकारवाहीका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

यसअघि सो सम्मान धुलिखेल अस्पतालका अध्यक्ष डा रामकण्ठ मकाजु श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी र प्रिजनर्स एसिस्टेन्स नेपालका अध्यक्ष इन्दिरा राना मगरलाई प्रदान गरिसकिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -