स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

शिशु बुद्धलाई कपिलवस्तु भित्र्याइयो

child gautam buddha
सेयर गर्नुहोस

बुद्ध जयन्तीको दोस्रो दिन आज लुम्बिनीमा जन्मिनुभएका शाक्यमुनि बुद्धलाई शिशु बुद्धका रुपमा बाजागाजाका साथ रथयात्रासहित उहाँको गृहनगर कपिलवस्तु भित्र्याइएको छ ।

कपिलवस्तु राज्यबाट माइतीघर देवदह जाँदै गर्दा लुम्बिनी बगैँचामा मायादेवीको कोखबाट शाक्यमुनि बुद्धको जन्म भएको र नवजात शिशु बुद्धलाई तत्कालीन अवस्थामा राजा शुद्धोधनले बाजागाजाका साथ गृह राज्य कपिलवस्तु ल्याएको स्मरण गर्दै आज कपिलवस्तुमा शिशु बुद्धलाई भित्र्याइएको हो । रथलाई सजाएर शिशु बुद्धको धातुको मूर्ति राखेर यात्रा गरिएको हो । तिलौराकोट दरबार क्षेत्रबाट करीब दुई सय मोटसाइकल, रथ, गाडी तथा बाजागाजाका साथ निस्केको ¥यालीले लुम्बिनीबाट शिशु बुद्धलाई तिलौराकोट दरबारमा भित्र्याएको थियो ।

गौतम बुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको साङ्केतिक रुपधारण गरी रथ यात्रा गरेर कपिलवस्तुमा बुद्ध जन्मोत्सव मनाइएको हो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजा शुद्धोधन, रानी मायादेवी र शिशु बुद्धलाई तिलौराकोट दरबार क्षेत्रमा स्वागत गर्नुभएको थियो । बुद्ध जयन्तीको कार्यक्रमलाई थप भव्य बनाउन र आन्तरिक तथा बाह्य पर्यटकको लुम्बिनी कपिलवस्तु बसाइलाई लम्ब्याउन महोत्सव निकै फलदायी हुने अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

सो अवसरमा शाक्यमुनि बुद्धको मावली देवदहबाट देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले ल्याउनुभएको कोसेली कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले ग्रहण गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -