स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

विकासको गति लम्कीबाटै शुरु गरिन्छ : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासको गति लम्कीबाटै शुरु गर्नुपर्ने बताउनुभएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाको चौथो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मिलेर विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

“विकासको शुरुआत अब स्थानीय तहबाट गरिनुपर्छ, विकास भनेको बाटो र पुल बनाउनु मात्रै होइन”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “अब मानिसको सोच बदल्नुछ, सकारात्मक परिवर्तन ल्याउने काम सहज रुपमा स्थानीय सरकारले गर्नसक्छ ।” मुख्यमन्त्री भट्टले भ्रष्टाचार रोक्न जनप्रतिनिधि आफैँ सक्रिय हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जताततै भ्रष्टाचार बढेको छ भनिन्छ, अब जनप्रतिनिधिले निगरानी मात्र होइन, सचेत पनि रहन आवश्यक छ ।” भट्टले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी विकास निर्माणका कामलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।

“भएका स्रोतसाधनलाई परिचालन गरी विकासका कार्यलाई अगाडि बढाउनुहोस्”, भट्टले भन्नुभयो, “विकासको मुख्य आधार कृषि क्षेत्र हो । प्रदेश सरकारले कृषिमा विशेष कार्यक्रमको योजना ल्याउने तयारी गरेको छ ।”

लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईंले नगरपालिकालाई विकास निर्माणमा समृद्ध बनाउन मुख्यमन्त्रीसमक्ष १५ बुँदे मागपत्र पेश गर्नुभएको छ । आइतबारदेखि शुरु भएको नगरसभा सोमबारसम्म चल्नेछ । ––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -