विश्व संस्कृत साधना केन्द्र पाणिनि तपोभूमिमा पर्यटकको घुइचो। विश्व संस्कृत साधना केन्द्र पाणिनि तपोभूमिमा पर्यटकको घुइचो।



८२

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका अन्तर्गत पणेना पोखराथोक क्षेत्रमा पर्ने पाणिनि तपोभूमिमा हरेक वर्ष जस्तै यस बर्ष पनि श्री ब्रम्हा बैवत्र पुराण अनुष्ठान ज्ञानमहायज्ञ बैसाख ३० गतेदेखि शुरुभई चलिरहेको छ, र यो जेष्ठ ६ गते सम्म चल्ने छ।महायज्ञमा ख्यातिप्राप्त वाणी भास्कर व्यासाचार्य श्री भुवन गुरु मुख्यवाचक हुनुहुन्छ ।

विश्व संस्कृत साधना केन्द्रको स्थापना गर्ने र बिशाल गौशाला निर्माण गर्ने उद्येश्यका साथ शुरु गरिएको यसपटकबाट महायज्ञलाई पाणिनि महोत्सबको रुपमा पनि मनाउन थालिएको छ। भर्खरै मात्र सरकारले सार्बजनिक गरेका ‘१०० गन्तब्य स्थल’ को सुचिमा परेको तपोभूमि लाइ अब जिल्लाकै प्रमुख पर्यटकिय क्षेत्रको रुपमा हेर्न थालिएको छ।



शान्तिका प्रतिक मानिने गौतम बुद्धको जन्मस्थल लुम्बिनी बाट केहि घन्टाको दुरीमा पुग्न सकिने यस तपोभूमिमा निर्मित भ्यू-टावर बाट एकैपटक तराइका सम्मा फाँटहरु नियाल्दै धवलागिरी र आसपासका हिमाली चुचुराहरु अवलोकन गर्न पाउँदा जो कसैको मन फ़ुरुङ्ग हुन्छ। सर्बश्रेष्ठ व्याकरणकार महर्षि पाणिनि ऋषिले यस स्थानमा साधना र तपस्या गरेर व्याकरणका सुत्रहरु लेख्न सकेका हुन् भन्ने भनाइ र खोज अनुसन्धान बाट फेला परेका प्रमाण अझै पनि सुरक्षित छन्। यस तपोभूमिमा गइ स्वस्छ मनले मागेका वरदान पुरा हुन्छन भन्ने जनविश्वास अझै पनि कायम रही आएको छ। उनै महर्षि को नामबाट यस ठाउको नाम पाणिनि तपोभूमि राखिएको कुरा स्थानिय बताउछन।

अघिल्ला बर्षहरुमा भन्दा यसपटक गुणात्मक रुपमा आन्तरिक पर्यटक/भक्तजनहरुको घुइचो लागेको गाउँपालिका अध्यक्ष अच्युत गौतम बताउनुहुञ्छ, अध्यक्ष का अनुसार “तपोभूमिले दिनप्रतिदिन हजारौको सन्ख्यामा श्रदालु भक्तजन र पाणिनि तपोभूमि घुम्न आउने पर्यटकको वृद्धि भएको छ। यसले हामीलाई थप हौशला मिलेको छ।” सरकारले प्रमुख १०० गन्तब्य स्थानमा समाबेश गरेकै कारण पनि पाणिनि तपोभूमिले केहि वर्षभित्र आफ्नो काचुली फेर्ने कुरामा ढुक्क हुनुहुन्छ गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम। अध्यक्ष र उपाध्यक्ष ले विभिन्न सामाजिक संजाल मार्फत पाणिनि महोत्सबमा सहभागी बनि पुण्य आर्जन गर्न पटक पटक आग्रह गरिरहेका छन्।

यस तपोभूमिमा आफ्नो जीवनको उत्तरार्धमा लामो समय तपस्या गर्नुभएका अर्का तपस्वी विद्वान स्व. १००८ स्वामी श्री कृष्णनन्द प्रम्हंश ज्यू को भनाई मान्नेहो भने “स्वर्गको टुक्रा यस पाणिनि तपोभूमिमा मानसिक रोग लागेका जो कोहिपनि आएर केहि समय व्यतित गर्दा पूर्ण रुपमा निको हुन्छन ” कृष्णनन्द उनै तपस्वी हुन् जसले आफ्नो अन्तिम समयसम्म यहिँ थिए जसको समाधिस्थल पनि तपोभूमि मै छ।

धार्मिक रुपमा र पर्यटकीय रुपमा निकै महत्वपूर्ण ईतिहास बोकेको यस तपोभूमिको वर्णन गरेर थाकिदैन मेरो पहिलो लेख “अचम्मै अचम्मको पाणिनि तपोभूमि” मा याँहाको प्रकृतिको संक्षिप्त वर्णन गरेको थिए। तपाइँहरुपनी प्रकृतिले भरिपूर्ण अचम्मको स्थानमा घुम्न जाने सोचमा हुनुहुन्छ भने पाणिनी तपोभूमि तपाईलाई स्वागत गर्न पर्खिरहेको छ, महोत्सव को समयमा अर्थात जेष्ठ ६ गते सम्म जानुहुन अनुरोध पनि गर्दछु। महाभारत पर्वत शृंखलामा पर्ने यो पवित्रभूमि भौगोलिक जटिलता र प्रयाप्त प्रचार हुन नसक्दा पछाडी परेको छ, जनप्रतिनिधिहरु र पाणिनि तपोभूमि संरक्षण समितिकोअग्रसरमा महोत्सबको रुपमा समेत मनाउन थालिएको यस ज्ञानमहायज्ञ मा तपोभूमिले समग्र लुम्बिनी अञ्चलका आन्तरिक पर्यटक त भित्राइरहेको छ तर देशैभरिका र लुम्बिनीमा आउने बाह्य पर्यटक कहिले भित्राउने ? यो प्रश्न स्थानीय प्रतिनिधि र समग्र प्रदेश ५ का जनप्रतिनिधिहरुलाई।


User Avatar
ॠषि पोखरेल
“परिवर्तका लागि स्वच्छ पत्रकारिता” द टाइम्स अफ नेपाल (thetimesofnepal.com)

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि