स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा

lumbini, goutambuddha - TON
सेयर गर्नुहोस

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताउनुभएको छ ।

शान्तिका अग्रदूत, बुद्ध धर्मका प्रवर्तक गौतमबुद्धको २५६३औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

“सत्य, अहिंसा र सदाचारका आदि पुरुष बुद्धले देखाउनुभएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको र उहाँको उपदेशलाई हृदयाङ्गम एबं आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास लिएको छ”, उहाँको शुभकामना सन्देशमा भनिएको छ ।

आजकै दिन किरात समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा) को ठूलो पर्व उभौली तथा चण्डीपूर्णिमा समेत परेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति पुनले उभौली पर्व तथा चण्डी पूर्णिमाको पुनित् अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले २५६३औँ बुद्धजयन्ती र उभौली पर्वले शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -