स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

विकासका लागि सकारात्मक सोच आवश्यक : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि सकारात्मक सोच आवश्यक भएको बताउनुभएको छ । उहाँले सकारात्मक सोचको अभावले प्रदेश विकासमा पछि परेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराद्वारा आयोजित २६औँ मदन आश्रित स्मृति दिवसका अवसरमा मुख्यमन्त्री भट्टले नेतृत्व तहमा बस्नेले सकारात्मक सोच राख्नुपर्ने उल्लेख गर्नुभयो । “सकारात्मक सोच राखे दुर्गमको विकास सम्भव छ”, उहाँले भन्नुभयो, “दूरदराजमा रहेका जनतालाई सकारात्मक सोचले नै मूलधारमा जोड्न सकिन्छ ।” उहाँले प्रदेश सरकारसँगै स्थानीय तहलेसमेत विकासका बारेमा सोच्नु जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले बाजुरा पर्यटन, उद्योग र कृषि क्षेत्रमा थुप्रै सम्भावना भएको जिल्ला भएकाले स्थानीय सरकारले कार्य योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको प्राकृतिक स्रोतसाधनको परिचालनले आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जिल्लाको विकासका लागि व्यक्ति र समुदाय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -