स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

अब कम्युनिष्ट टुट्ने छैनन् :श्रममन्त्री विष्ट

सेयर गर्नुहोस

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ठूलो टुटफुटपछि एकीकरण हुँदै गरेका कम्युनिष्ट पार्टी अब एकतामा बाँधिन थालेका बताउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आज उहाँले विश्वमै लोप हुने अवस्थामा पुगेका कम्युनिष्टलाई नेपालमा स्थापना गरेर प्रतिस्पर्धी र तत्कालीन राज्यसँग लड्नसक्ने बनाउने जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि अतुलिय रहेको उल्लेख गर्नुभयो ।

“वर्तमान कम्युनिष्ट सरकार पनि मदन–आश्रितकै जगबाट निर्माण भएको हो”, उहाँले भन्नुभयो, “हामी अबका चार वर्षमा नयाँ काम गरेर जनतासम्म पुर्‍याउने छौँ ।” उहाँले एक वर्षमा सामान्य असन्तुष्टि पैदा भए पनि अबका दिनमा मुलुकमा समान विकासको अवधारणा ल्याइने समेत बताउनुभयो ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सरकारका विरुद्धमा लागि परेका छन्”, मन्त्री विष्टले भन्नुभयो, “जनताको एकता कायम रहेसम्म यो सरकार रहिरहन्छ ।” उहाँले निर्वाचनका समयमा गरेका बाचा सबै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी सामूहिक रूपमा जनतासमक्ष गरेका वाचा गर्ने क्रममा छौँ, हामी जनताको मत बिर्सँदैनौँ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -