स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सरकार ऐन कानून निर्माणमा व्यस्त छः मन्त्री अर्याल

सेयर गर्नुहोस

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिर्ता जग्गाको समस्या समाधान गर्न सरकारले ऐन कानून सरलिकृत गर्न लागेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति, कालिका गाउँपालिका र भूमि अधिकारमञ्च रसुवाको आयोजनामा आज यहाँ आयोजित अन्तर्क्रियामा मन्त्री अर्यालले भूमि सुधार ऐन २०७६ ले समस्याको समाधान हुने बताउनुभयो ।

समग्र किसानको भूमि सम्बन्धी समस्या हल गर्न आठौँ संशोधन विधेयक पेश गरेकाले कानून बनाउन समय लाग्ने हुँदा केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।

भूमि सम्बन्धी सबै कागजात ७७ जिल्लामा डिजिटल प्रणालीमार्फत सुरक्षित गर्न लागिएको मन्त्री अर्यालले बताउनुभयो । कार्यक्रममा सांसद शान्ता चौधरी, जिल्ला समन्वय समितिका संयोजक कुलप्रसाद भट्ट, कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -