स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री पौडेलद्वारा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि

सेयर गर्नुहोस

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्व नेता मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँहरुको २६ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देशमार्फत् श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

सन्देशमा मुख्यमन्त्री पौडेलले ‘जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नवीन विचारक जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जलि’ उल्लेख गर्नुभएको छ ।

आजै मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा मार्ल्यापण गर्नुभयो । आज बिहान भएको श्रद्धाञ्जलि तथा माल्यार्पण कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्रीसहित सहभागीले स्व नेता भण्डारी र आश्रितको व्यक्तित्वको चर्चा गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -