स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

‘व्यावहारिक शिक्षा बेरोजगार अन्त्यको आधार’

सेयर गर्नुहोस

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीका इच्छाअनुसारको व्यावहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमास्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवलाई सम्बोधन गर्दै तिमिल्सिनाले बालबालिकालाई करकापमा होइन इच्छाअनुसारको व्यावहारिक शिक्षा प्रदान गर्न सकेमात्र भोलिका दिनमा स्वरोजगार बन्न सक्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले शिक्षालाई रोजगार, उद्यमशीलतालगायतका विषयमा जोड्न सकेमा माक्र शिक्षा आर्जन गरेको व्यत्ति खाली हात बस्न नपर्ने बताउनुभयो । “अहिलेको सरकारले व्यावहारिक शिक्षामा जोड दिएको छ”, उहाँले भन्नुभयो, “व्यावहारिक शिक्षसँग जोडेर अध्यापन गराउने विद्यालयलाई विशेष प्राथमिकता दिने नीतिमै व्यवस्था गर्नेछौँ ।”

अध्यक्ष तिमिल्सिनाले नीति निर्माणसँगै बागलुङ जिल्लाको समग्र विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । समृद्ध नेपाल निर्माणका आधार आजका बालबालिका भएको भन्दै उहाँले शिक्षा आर्जनपछि विदेश जाने परिपाटी अन्त्यका लागि सरकार संवेदनशील रहेको बताउनुभयो ।

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले यही वैशाख ३१ गतेदेखि सञ्चालित शैक्षिक महोत्सव जेठ ४ गतेसम्म चल्ने विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि करीब रु डेढ करोड आर्थिक सङ्कलन गर्ने लक्ष्यका साथ शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ । शैक्षिक महोत्सवमा सङ्कलन भएको रकमले विद्यालयको भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतका आधारभूत आवश्यकता परिपूतिका लागि खर्चने विद्यालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -