स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

समृद्धिका लागि कला, साहित्य बलशाली : उप्रधानमन्त्री

सेयर गर्नुहोस

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गर्नुभयो ।

प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने अपेक्षा गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।”

उहाँले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पु¬¬र्‍याएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

राससका प्रधानसम्पादक रिमाल पुरस्कृत

रु २५ हजार राशिको ललितकला पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक श्यामप्रसाद रिमाल सम्मानित हुनुभयो । रिमालले पत्रकारिता र साहित्यका माध्यमबाट ललितकलाका क्षेत्रमा विगत साढे दुई दशकदेखि योगदान पुर्‍याउँदै आउनुभएको छ ।

यसैगरी राष्ट्रिय अरनिको ललितकला प्रज्ञा सम्मान वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरियो । ताम्राकारले परम्परागत पौभालगायत चित्रकलाको सिर्जना गर्दै आउनुभएको छ झने राई जलरङ्गमा क्रियाशील हुनुहुन्छ ।

कार्यत्रममा कलाका विभिन्न विधा तथा राष्ट्रिय र प्रदेशस्तरमा गरी कूल ३७ श्रष्टालाई पुरस्कृत गरिएको थियो । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कला, साहित्यका क्षेत्रका लागि सरकारले थप प्राथमिकता दिनुपर्ने बताउनुभयो । उपकुलपति गोपाल चित्रकारले आगामी वर्षमा अझ उत्कृष्ट कला प्रदर्शनी आयोजना गरिने बताउनुभयो ।

सदस्यसचिव विपिनकुमार घिमिरेले ५९३ मध्ये ४५३ कलाकृति प्रदर्शनीमा समावेश गरिएको र ती कलामा यथार्थवादी पक्ष रहेको बताउनुभयो । प्रदर्शनी तीन सातासम्म चल्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -