स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्षमा नेत्र पोखरेल बन्धुको उम्मेदवारी 

सेयर गर्नुहोस

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC USA) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा नेत्र प्रसाद पोखरेल बन्धु कोषाध्यक्षका उम्मेदवार भएका छन्।

बन्धु पोख्रेलको नामले चिनिने नेत्र  पोखरेल बन्धु हाल क्यालिफोर्नियाको सान फ्रान्सिसकोमा बस्दै आएका छन्। प्राय सामाजिक कार्यक्रमहरुमा सक्रिय देखिने बन्धु साहित्य क्षेत्रमा पनि रुची राख्छन।

अर्घाखाँची जिल्ला पणेनामा जन्मिएका नेत्र बन्धु २०४२ साल भन्दा अगाडि देखिनै नेपालको राजनीतिमा पनि सक्रिय थिए। जिल्ला बिकास समिति अर्घाखाँचीको सदस्य भएर एक कार्यकाल काम गरे। २०४६ सालको जनआन्दोलनमा नेविसंघका अर्घाखाँची जिल्ला अध्यक्ष हुँदा जेल को सामना गरेका थिए। नेपाली काँग्रेस अर्घाखाँचीको जिल्ला सचिव समेत भएका पोख्रेल पाल्पा क्याम्पस स्वबियु सभापति थिए।

राजनीति भन्दा सामाजिक क्षेत्रमा काम गर्ने भनि होमिएका पोखरेल ले संयुक्त राष्ट्रसंघ जनसंख्याकोषको कार्यक्रममा समेत तालिम प्रशिक्षकको भूमिकामा काम गरेका थिए भने स्वास्थ्य क्षेत्रमा अनुसन्धानमा सरिक हुँदै उनि अमेरिकन मेथड इन सोसियल वर्क शिर्षकमा अनुसन्धानको लागि युसनिभर्सिटी अफ मेनमा आएका थिए।

२०१४ देखि नै गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको सदस्य भएका पोख्रेल अहिले एनआरएनए ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीको सदस्य र एनआरएनए एनसीसी युएसए हेल्थ एन्ड सेफ्टी अवारनेश कमिटीका संयोजक छन।

आफु राजनीतिक पृष्ठ भूमिबाट आएको भए पनि त्यसको प्रभाव पर्न नदिई सङ्घ संस्था कसरी चलाउनु पर्छ भन्ने अनुभव भएको बताउने पोखरेल अहिले एनआरएनए अमेरिकाको कोषाध्यक्षको पद को लागि उम्मेदवारी दिइएका हुन ।


एनआरएनए को निर्वाचनमा होमिएका पोख्रेलाइ आफूले जित्ने कुरामा विश्वास छ ।

गैरआवासीय नेपाली संघ एनसीस सन् २०१९-२०२१ को नयाँ नेतृत्व चयनका लागि आगामी मे १८ र १९ तारिखका दिन निर्वाचन तय गरिएको छ ।

  • १ जेष्ठ २०७६, बुधबार प्रकाशित https://www.facebook.com/bandhu.pokhrel/videos/2158405937530097/?t=85
सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -