अध्यक्ष दाहाल र चिनियाँ राजदूत भेट अध्यक्ष दाहाल र चिनियाँ राजदूत भेट



काठमाडाँै, १ जेठ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच चीनको युनान प्रान्तको कुन्मिन शहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको थियो । भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविधि आयाममा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय