स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

अमेरिकामा रहेका नेपालीको ‘समृद्धि र पहिचान’का लागि मलाई जिताउनुहोस

सेयर गर्नुहोस

क्यालिफोर्निया : गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) अमेरिकाको निर्वाचन मिति नजिकिँदै जाँदा बोर्ड मेम्वरको उम्मेद्वारी दिएका पत्रकार रोशन अधिकारीले मतदाताहरुसँगको भेटघाट र छलफललाई तिव्र पारेका छन् ।एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारीले अमेरिकामा रहेका नेपालीहरुको ‘समृद्धि र पहिचान’का लागि आफूलाई मतदान गरी विजयी गराउन मतदाताहरुसंग आग्रह गरेका छन् ।

अधिकारीले भनेका छन ‘अमेरिकामा रहेका नेपालीहरुको हक-अधिकारलाई सुनिश्चित गर्दै नेपालीहरुको भाषा, भेषभूषा, चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्पराको संरक्षण गरी नेपालीहरुको समृद्धि र पहिचान सुनिश्चत गराउन मैले उम्मेद्वारी दिएको हुँ । नेपालमा रहँदा सानैदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको लामो अनुभव रहेकाले यहाँ रहेका नेपालीहरुको सेवा गर्ने धोको छ । त्यसैले मलाई मतदान गरेर जिताउनेमा पूर्ण विश्वास राखेको छु ।’

सामाजिक कार्यमा आफूलाई अब्बल सावित बनाइसकेका पत्रकार अधिकारीले अमेरिकामा रहेका विभिन्न संघसंस्थामा आवद्ध रही काम गरिसकेका छन् । अधिकारीले एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा प्रभावकारी ढंगले आफ्नो कार्य सम्पादन गर्दै आइरहेका छन् । एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको सचिवको जिम्मेवारी पूरा गर्दै अधिकारीले छोटो समयमा नै अमेरिकामा रहेका नेपालीहरुको मन जित्न सफल भइ सकेका छन् । अमेरिकाको लाइन्स क्लव अफ सानफ्रान्सिको, जनसम्पर्क समिति नर्थेन क्यालिफोर्निया लगायतका संस्थामा आवद्ध भएर काम गरी सकेको अनुभव अधिकारी संग रहेको छ ।

क्यालिफोर्नियाको सान फ्रान्सिको बे एरियामा बस्दै आएका अधिकारीले सामाजिक क्षेत्रमा गरेको कामको अनुभवले नै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्क (NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएको प्रतिक्रिया दिएका छन् । अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा यस संस्थालाई विकास गराउनका लागि आफूले उम्मेद्वारी दिइएको प्रतिक्रिया उनले दिएका छन् । अध्यक्षता प्रत्याशी सुनील शाहका नजिक मानिने अधिकारीले घर वलियो वनाउनको लागी जग वलियो वनाउनु पछ त्यस्तै यो संस्था वलियो वनाउन पनि च्याप्टर लाई वलियो वनाउनु पछ र मैले च्याप्टर मा काम गर्दा जुन कमीकमजोरी पाए त्यसलाई सुधार गरि जग वलियो वनाउने छु र युवा वर्ग र बिधाथीं हरूको एजेण्डा लाई अगाडी सारेर काम गरने बताउनु भयो ।
चितवनको पत्रकारिता इतिहासको शुरुवाती देखि नै अधिकारीले छापा माध्यमको पत्रिका प्रकाशन गरेर समाजमा तेस्रो आँखाको भूमिकाको रुपमा आफूलाई अब्बल बनाउन सफल भइसकेका व्यक्ति हुन् ।

बहुप्रतिभाका धनी मानिने अधिकारीको उम्मेद्वारी परे सँगै अमेरिकामा उनी पछिल्लो समय एका एक चर्चामा आएका छन् । चितवनमा छापा पत्रकारिताले भर्खरै पाइला अगाडि बढाइरहेको समयमा अधिकारीले “नारायणी साप्ताहिक“ पत्रिका नारायणगढको पोखरा बसपार्कबाट प्रकाशित गरेर उनले समाजमा राम्रो क्षमता प्रदर्शन गरेका थिए । प्रायः समय सामाजिक क्षेत्रैमा विताउन रुची राख्नेक अधिकारीको अधिकाँश उर्जा्शिल समय सामाजिक कार्यमा नै वितेका छन् । विद्यार्थी जीवनदेखि नै विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेको अनुभव लिएका अधिकारी अमेरीका पुगेपछि पनि सामाजिक कार्यलाई निरन्तरता दिन पछि परेनन् । सानैदेखि सामाजिक कार्यमा केही गरौँ भन्ने भावना लिएका व्यक्तिका रुपमा परिचत अधिकारी अमेरीका पुगेपछि पनि पत्रकारिता क्षेत्रलाई अंगालि रहेका छन् ।

सन् २०१९(२०२१ लागि हुन लागेको नयाँ नेतृत्व चयनका लागि आगामी मे १८ र १९ तारिखका दिन निर्वाचन तय गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -