युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ



काठमाडौँ, १ जेठ : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गर्नुभएको छ ।

कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ । यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ । दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवद्र्धनमा प्राथमिकता दिइएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय