स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

गोरुले हानेर मृत्यु

सेयर गर्नुहोस

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो ।

अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पार्नुभएको थियो । उहाँले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए । मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -