स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरी मारिए

सेयर गर्नुहोस

इस्लामाबाद, ३१ बैशाख – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् ।
प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छनत् । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिनुभयो ।
प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताउनुभयो । मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।
उहाँले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर दूर नियन्त्रित साधन (रिमोट कन्ट्रोल) बाट बिस्फोट गराएको देखिएको बताउनुभयो । निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट चारवटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ ।

प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -