स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा महिला पत्रकार मारिए

world news
सेयर गर्नुहोस

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ ।

उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् ।

साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । उहाँ विगतमा टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । पत्रकार मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी हत्या गरिएको थियो । उहाँ राजनीतिमा पनि सहभागी हुनुहुन्थ्यो ।

उहाँ राजनीतिक सल्लाहकारको रुपमा कार्यरत हुनुहन्थ्यो । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उहाँका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । तर उहाँको हत्यामा संलग्न के हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन ।

त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो । अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -