पञ्चेबाजा संरक्षण गर्दै स्थानीय तह पञ्चेबाजा संरक्षण गर्दै स्थानीय तह



विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हँुदै गएको छ ।

विशेषगरी दर्जी समुदायका व्यक्तिले यो बाजा बजाएरै जीवन निर्वाह नहुने भएपछि अरू पेशामा लाग्दा बाजाको संरक्षण हुन नसकेको हो । बेरोजगारीको समस्याले दैनिक भारत तथा अन्य मुलुकमा युवा पलायन हुँदै गर्दा साथै पेशाको संरक्षणको अभावले बाजा लोप हुँदै गएको समाजका अगुवाको भनाइ छ ।

गाउँमा हुने विभिन्न मेला, पर्व, धार्मिकउत्सव, अन्य औपचारिक कार्यक्रममा हाल बाजा त्यति धेरैमात्रामा सुन्न पाइँदैन । हाल अधिकांश पर्व वा धार्मिक कार्यमा मादल मात्र बजाउने गरिएको छ । त्यस्ता खालका बाजाको लोप हँुदै गर्दा यसको संरक्षणमा वाणगङ्गा नगरपालिका यतिबेला जुटेको छ । पुरानो कला संस्कृति हराउन थालेकामा स्थानीयवासीले चिन्ता व्यक्तसमेत गरेका छन् । संस्कृतिको संरक्षण गर्न कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ ले परियार सेवा समाजलाई नौमती पञ्चेबाजा वितरण गरेको छ ।

वडाको बजेटअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मालगायतका पञ्चेबाजाका एक सेट सामान वितरण गरिएको हो । युवापुस्ताले चासो नदिँदा विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अधिकांश क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको परियार सेवा समाज बनगाईका अध्यक्ष मानबहादुर परियारको भनाइ छ ।

परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको वडा नं ७ का ५७ वर्षीय प्रेम परियारले बताउनुहुन्छ । उहाँले रासससँग भन्नुभयो, “कला–संस्कृति लोप हँुदै जाँदा पहिचान नै मेटिन थालेको छ ।”

यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको परियारको भनाइ छ । विदेशी कला–संस्कृतिको नक्कल र अनुसरणले नेपाली पुस्ता प्रभावित हुँदै जाँदा परम्परागत कला संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो भन्ने बुझेर पञ्चेबाजा वितरण गरेको वडा नं ७ का वडाध्यक्ष विष्णु गिरीको भनाइ छ ।

जातीय पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेको छ । यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले पनि समयमै ध्यान दिनु जरुरी छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय