स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

हुलाक सेवालाई समय सान्दर्भिक बनाइने : मन्त्री बाँस्कोटा

Gokul Baskota, Minister of Communications - The Times Of Nepal
सेयर गर्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवालाई समय सान्दर्भिक बनाएर सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जिल्ला हुलाक कार्यालय नुवाकोटको आज अनुगमन पश्चात उहाँले सञ्चार क्षेत्रको पुरानो माध्यम हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र विश्वसनीय बनाउन सरकार सकारात्मक रहेको बताउनुभयो । “हुलाक भन्ने वित्तिकै कर्मचारीले नाक खुम्चाउने र सेवाग्राहीले विकल्प खोज्ने गरेका छन्”, उहाँले भन्नुभयो, “बदलिँदो परिवेशअनुसार प्रतिस्पर्धी बनाउन सरकारले बजेट तथा कार्यक्रमका लागि आवश्यक व्यवस्था अघि बढाउने तयारी गरेको छ ।”

उक्त अवसरमा हुलाक कार्यालयमा कार्यरत करारका कर्मचारीले आफूहरुको रोजगारीको सुनिश्चितता नभएको र उचित पारिश्रमिक नपाएको मन्त्री समक्ष गुनासो राखेका थिए । हाल जिल्ला हुलाकसहित मातहतमा १३ स्थानमा इलाका हुलाक कार्यालय र ५० स्थानमा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा पु¥याइँदै आएको छ ।

ती कार्यालयमा कार्यरत ७२ कर्मचारीले मासिक रु छ हजार ६२ र ४९ ले मासिक रु छ हजार ९२५ मात्र पारिश्रमिक पाउँदै आएकाले तलब रकममा वृद्धि र स्थायी हुने प्रक्रिया मिलाउन माग गरेका छन् । हुलाक अधिकृत नारायणप्रसाद चापागार्इंका अनुसार कार्यालयले हाल चिठीपत्र र हुलाक टिकट बिक्रीको कार्य गर्दै आएको छ ।

विगतमा लोकप्रिय रहेको हुलाक बचत बैंकको कर्जा लगानी र नयाँ सदस्य विस्तार, पाँच स्थानमा रहेका टेलिसेन्टर, लोकसेवाले माग गरेका विज्ञापनमा आवेदन सङ्कलन लगायतका सेवा हाल बन्द भएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -