स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

`आँगनमा कविता ʼ को शुभारम्भ

सेयर गर्नुहोस

लासो, फ्याफुल्ला !’ स्थानीयवासीको सघन उपस्थितिलाई सम्बोधन गरे चर्चित युवाकवि यश लामाले , यही शनिबार साँझ मकवानपुर जिल्लाको सिमभञ्ज्याङ्गमा चिसो सिरेटो छिचोल्दै उन्मुक्त पुस्ताले आयोजना गरेको आँगनमा कविता ʼ शृङ्खलाको सुरुवात गर्दै । सांस्कृतिक रूपान्तरणको अभियानमा आफूलाई होमेको उन्मुक्त पुस्ताको पुनः सडकमा फर्केको औपचारिक जनाउ थियो त्यो । लेकाली ठण्डा मौसमलाई तताउन अघि सरे उन्मुक्त अभियन्ता मुक्तान थेबा ।

तामाङ समुदायको बाहुल्यता रहेको सिमभञ्ज्याङ्गमा स्थानीय भाषा र लवजमा उनले `आँगनमा कविता ʼ को औचित्य र उपादेयताबारे प्रष्ट्याए । स्थानीयवासीलाई मन्त्रमुग्ध पार्ने गरी स्थानीय भाषाको गीत पनि गुनगुनाए उनले । धारिला युवाकवि पुरूषोत्तम आचार्यले सेलो गाएर उपस्थित जनसमुदायलाई छमछमी नचाए । लेकाली वसीफाँट मा•वि•का छात्रछात्रा रविना पाण्डे, अविरल थापा, सुशीला लो, रचना बम्जन, सागर वाइबा, प्रशान्त स्याङ्तान र शिक्षक राजेन्द्र चौधरीले आआफ्ना रचना प्रस्तुत गरे । `आँगनमा कविता ʼ कार्यक्रममा केवल बिनाबीले जागरण गीतका साथै विभेदविरुद्ध लेखिएको कविता वाचन गरे । मुक्तान थेबा, धर्मराज स्याङ्तान, सुमनराज श्रेष्ठ, यश लामा, प्रकाश गुरागाईं
केशव सिलवाल, माधव घिमिरे `अटल ʼ, छम गुरुङलगायतका अभियन्ताहरूले आआफ्ना सिर्जना सुनाए, आँगनमा । लोकदोहोरीमा पनि रम्न भ्याए , स्थानीयवासी ।

सांस्कृतिक रूपान्तरणका निम्ति अनवरतरुपमा आन्दोलनरत उन्मुक्त पुस्ता हरेकखाले विकृति, विसङ्गति र विभेदविरुद्ध सडकमा उत्रिएको छ, केही वर्षयता । संविधान निर्माणको छेकमा उन्मुक्त पुस्ताले लगातार ४२ शृङ्खला राजधानीका ३ जिल्लामा पोष्टर कविता अभियान गरेर संविधानमा समाविष्ट विभेदकारी प्रावधानविरूद्ध सडक तताएको थियो । तर एउटा कालखण्डमा आरनमा कविता ʼ सञ्चालन गर्दैगर्दा आफ्नो घोषित नीतिविरुद्ध अघि बढ्न थालेको त होइन उन्मुक्त पुस्ता भन्ने संशय बढेको थियो । तसर्थ आँगनमा कविता ʼ शृङ्खलाको आरम्भ गरेर पुनः दूरदराजका गाउँ , बस्ती जागरण गर्ने पुस्ताको जमर्कोलाई पिँधमा रहेका जनमानसले स्वागत गरेका छन् ।
`आँगनमा कविता ʼ कार्यक्रममा धर्मराज स्याङ्तान, छम गुरुङ, सुमनराज श्रेष्ठ , यश लामा र पुरूषोत्तम आचार्यले आफूहरू उन्मुक्त आन्दोलनमा विधिवत् समाहित हुन पाएकोमा सन्तोष व्यक्त गरे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -