स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

पाथीभरा भलिबलको उपाधि पुलिसलाई

सेयर गर्नुहोस

आज सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

साविक विजेता पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५–१७, २५–१३ र २५–१९ अङ्कको जित निकालेको हो । खेलको शुरुआतदेखि नै खेलमा पुलिस हाबी भएको थियो । उत्कृष्ट ब्लकिङ गरेकै कारण आर्मीलाई हराउन सजिलो भएको पुलिस क्लबका प्रशिक्षक सरोज श्रेष्ठले बताउनुभयो ।

पुलिस ईम रानाको कप्तानीमा मैदानमा उत्रिएको थियो । उपाधिसँगै पुलिसले रु तीन लाख ५१ हजार ५०० तथा उपविजेता आर्मीले रु एक लाख ७६ हजार २५१ पुरस्कार प्राप्त ग¥यो । सेमीफाइनल पुग्न सफल एपिएफ क्लब र गण्डकी प्रदेशले रु ५०÷५० हजार पुरस्कार प्राप्त गरे । विधागततर्फ पनि पुलिकै खेलाडीको वर्चश्व रह्यो ।

उत्कृष्ट खेलाडी पुलिसका कुलबहादुर थापाले रु १५ हजार प्राप्त गरे । उत्कृष्ट सर्भर पुलिसका विशाल विक, उत्कृट सटर पुलिसका इमबहादुर रानामगर, उत्कष्ट ब्लकर पुलिसकै दीपकराज जोशी, उत्कृष्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहामगर तथा उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भए ।

उनीहरुले जनही रु सात हजार पुरस्कार पाए । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, टंक आङ्बुहाङ, होमकुमारी साँवा लिम्बुले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । ‘पर्यटन प्रवद्र्धनका लागि भलिबल’ नारासहित यही वैशाख २२ गतेदेखि शुरु भएको सो प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन सांसद योगेश भट्टराईले गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -