स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

सबैले न्यायको अनुभूति गर्न पाउनुपर्छ

सेयर गर्नुहोस

रुपन्देही, २६ वैशाख : सबैले न्यायको अनुभूति गर्ने वातावरण बनाउन जरुरी रहेकोमा जोड दिइएको छ ।

६८ औँ कानून दिवसको अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले आज बुटवलमा आयोजना गरेको कार्यक्रमका सहभागीले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले बुझ्न र बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासका प्रमुख न्यायाधीश कुमारप्रसाद पोखरेलले मुलुकमा विधिको शासन स्थापनाका लागि न्यायालय स्थापना भएकाले सबैले न्याय र कानूनको अनुभूति गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।

जनताले जनताका लागि नै कानून बनाएको हुँदा सबैलाई जान्ने अधिकार भएकाले सचेतना बढाउनुपर्ने बताउनुभयो । “सबैले न्यायाधीश बनेर कमीकमजोरीको मूल्याङ्कन गर्नुपर्छ, अनिमात्रै न्याय पद्धति पनि बलियो हँुदै जान्छ”, उहाँले भन्नुभयो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले आम नागरिकले सहज ढङ्गले छिटो न्याय पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले सबैले काूननअनुसार आचरण र व्यवहार सुधार्न जरुरी रहेको उल्लेख गर्नुभयो । न्यायाधीश गोकर्ण डाँगीले मुलुक नयाँ व्यवस्थामा गएका कारण कानून कार्यान्वयनमा चुनौती थपिएको छ भन्नुभयो । नागरिक समाजका प्रतिनिधि पुनाराम पोखरेलले न्यायालयप्रति जनताले प्रश्न गर्ने अवस्था आउन नदिने गरी काम गर्न सुझाव दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -