स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

अमेरिकी विदेशमन्त्री पोम्पेओ इराक भ्रमणमा

अमेरिका - USA - The Times of nepal
सेयर गर्नुहोस

बग्दाद, २५ बैशाख  – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुग्नु भएको छ ।

इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुग्नु भएको हो । विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ ।

पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन चाहेको पनि बताउनुभएको छ ।

जर्मनीको बर्लिनको पूर्व निर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताउनुभएको छ । उहाँले इराकी राष्ट्रपति बर्हाम सालेह र प्रधानमन्त्री अदेल अब्दुल महादिदसँग भेटवार्ता गर्नु भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -