स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

उत्साहित बनाउँदै उकालो लागेको शेयर बजारमा गिरावट

सेयर गर्नुहोस

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ ।

आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९ लाख ३४ हजार ९१९ मा खरीद बिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोवार रकम मङ्गलबारको तुलनामा घट्यो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७, उत्पादन ६९.२२ र अन्य उपसमूहको शेयर ३.५८ अङ्कले बढेको छ ।

त्यसैगरी बैंकिङ ५.८३, होटल ३२.९९, विकास बैंक ७.४१, जलविद्युत् १७.२, वित्त १.८१, निर्जीवन बीमा १४.५६, लघुवित्त ४.९५ र जीवन बीमा ०.१८ बिन्दुले घटेको छ । घटेको बजारमा आज हिमालय डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए ।

यस्तै नवील इक्विडी फन्ड ४.९६, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४.११, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ र बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयरधनीले ३.८१ प्रशितले कमाए । मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीले ९.५५, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ४.८१, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले ४.६२, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले ४.१९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.७० प्रतिशतले गुमाएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -