स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ : पौडेल

नेता पौडेल - The Times Of Nepal
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ, अभियानले आफैँभित्र रहेको धुलो पनि टकटक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने सङ्कल्प लिएको छ, यसै सङ्कल्पका साथ जिल्ला जिल्लामा अभियान चलाइएको छ ।” सो अवसरमा काङ्ग्रेसका नेता रामशरण महतले सङ्क्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको सङ्क्रमण अझ बाँकी रहेको, तीन थरिका सरकारको कार्यविभाजन र शान्तिसुरक्षाका विषयमा विवाद भएकोर कर्मचारी प्राविधिक क्षमतामा कमी भएको विचार व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -