बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि



काठमाडौँ, २५ वैशाख  : बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ ।

नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो ।

प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रोले रु सात हजार ५०० र चौथो हुनेले रु तीन हजार ५०० प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु पाँच हजार, तेस्रोले रु दुई हजार ५०० र चौथो हुनेले रु एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिनुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय