स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

२० किलो चामल प्रभावकारी बन्दै

japanies-rice
सेयर गर्नुहोस

हुम्ला, २५ वैशाख : साविक कर्णालीलगायतका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ । गत साउनदेखि वैशाख १५ गतेसम्म जन्ममा २५० लाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

मृत्यु भएका १०३ लाई २० किलोका दरले २० क्विन्टल ६० किलो चामाल वितरण भएको खाद्य संस्थान शाखा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यो सेवा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले छ महीनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ । सिमकोट आसपसाका गाउँमा ढुवानी रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका बासिन्दालाई रु एक हजार ढुवानीका लागि रकम दिने गरेको नेपाल खाद्य संस्थान हुम्लाले जानकारी दिएको छ ।

सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने गरेपछि हुम्लाका बासिन्दालाई सहज भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाले बताएको छ । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको सिमकोट गाउँपालिका–२ का नवराज भण्डारीले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क, वादविवाद, चर्चापरिचर्चा, विचारविमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो । आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरे ।

यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ । ताँजाकोटमा आँखा शिविर ताँजाकोट गाउँपाकिलामा चारदिने निःशुल्क आँखा शिविरबाट ५९८ लाभान्वित भएका छन् । मैला स्वाथ्यचौकीमा सञ्चालन भएको शिविरमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र जिल्ला आँखा अस्पताल सुर्खेतको प्राविधिकको सहकार्यमा हुम्लाको ताँजकोट गाउँपालिकामा शिविर आयोजना गरिएको थियो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा शुक्रबारबाट सञ्चालन गरेको शिविरमा ६७ को निशुल्क आँखा शल्यक्रिया गरेको छ भने १०० लाई निःशुल्क चश्मा वितरण गरिएको मैला स्वाथ्यचौकी इन्चार्ज धनराज ढकालले बताउनुभयो । शिविरमा आँखामा गम्भीर समस्या भएका मानिसको समेत शल्यक्रिया गरेको छ । ग्रामीण क्षेत्रमा आँखाको समस्या लुकाएर बसेका बिरामीलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

ताँजकोट गाउँपालिकामा पहिचान भएका मोतियाविन्दुका बिरामीलाई शल्यक्रिया गरिनुका साथै निःशुल्क चश्मा वितरण गरिएको मैलाबाट निःशुल्क शिविरमा सहभागी स्वाथ्यकर्मीले बताएका छन् । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा दिइएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -