स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

‘इच्छुक स्मृति पुरस्कार’ भात सापकोटालाई

सेयर गर्नुहोस

इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ ।

सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू एक लाख रहेको छ । ओझाका महाकाव्य, खण्डकाव्य, नाटक र कथा सङ्ग्रह पुस्तकाकारमा र फुटकर कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । सापकोटाका कविता, समालोचना, जीवनी, अनुसन्धान र बालसाहित्य समेत गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

यसैगरी यस वर्षको कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुर निवासी गीतकार, सङ्गीतकार तथा गायक आरोह नेपालीलाई र साहित्यतर्फको प्रतिभा पुरस्कार कास्की निवासी कवि कल्पना चिलुवाललाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कारको राशि रू २५÷२५ हजार रहेको संस्थाका सदस्यसचिव मित्रलाल पंज्ञानीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -