स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

आठ महीनामा जिल्लामा ३४ हजार एक मेट्रिकटन दूध उत्पादन

milk
सेयर गर्नुहोस

– अजितकुमार झा

सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभँैसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रुपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा गाई र भैसी गरी जम्मा ३४ हजार ६८ मेट्रिकटन दूध उत्पादन भएको सुनसरी केन्द्रका डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।

गत वर्षको आठ महीनामा जिल्लामा ३४ हजार एक मेट्रिकटन दूध उत्पादन भएकोमा चालू आवको सोही अवधिमा ३४ हजार ६८ मेट्रिकटन गाई र भैसीको दूध उत्पादन भएको केन्द्रका डा महतोले बताउनुभयो । जिल्लामा चालू आवको आठ महीनाको अवधिमा ११ हजार १५० मेट्रिकटन गाईको दूध उत्पादन भएको छ भने २२ हजार ९१८ मेट्रिकटन भैसीको दूध उत्पादन भएको छ ।

जिल्लामा गत वर्षको सोही अवधिमा १० हजार २०० मेट्रिकटन गाईको दूध र २३ हजार ८०१ मेट्रिकटन भैसीको दूध उत्पादन भएको थियो । जिल्लामा गत वर्षको तुलनामा चालू आवको आठ महीनामा गाई र भैसी गरी जम्मा ६७ मेट्रिकटन बढी दूध उत्पादन भएको केन्द्रका सूचना प्रमुख केशव श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा गत वर्षको तुलनामा चालू आवको आठ महीनाको अवधिमा ९५० मेट्रिकटन बढी गाईको दूध उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ । यसैबीच सुनसरीमा माछामासु उत्पादन बढेको छ । जिल्लामा खसीबोका, राँगा, बंगुर, कुखुरा, हाँस, परेवा लगायतका पशुपंक्षीको पालनमा कृषकको आकर्षण बढेसँगै माछामासु उत्पादनमा वृद्धि भएको पशुसेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।

जिल्लामा गत वर्ष आठ महीनाको अवधिमा सात हजार सात सय ७७.६६ मेट्रिकटन मासु उत्पादन भएकोमा चालू आवको आठ महीनाको अवधिमा सात हजार नौ सय मेट्रिकटन माछामासु उत्पादन भएको पशुसेवा विज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ । जिल्लामा गत वर्ष आठ महीनाको अवधिमा एक हजार ५८० मेट्रिकटन खसीबोकाको मासु उत्पादन भएको थियो । चालू आवको सोही अवधिमा एक हजार ५८५ मेट्रिकटन खसीबोकाको मासु उत्पादन भएको विज्ञ केन्द्रका डा महतोले बताउनुभयो ।

जिल्लामा गत वर्ष आठ महीनाको अवधीमा चार हजार १९० मेट्रिकटन राँगाको मासु उत्पादन भएको थियो । चालू आवको आठ महीनामा चार हजार १८६ मेट्रिकटन राँगाको मासु उत्पादन भएको थियो । त्यसैगरी जिल्लामा गत वर्ष आठ महीनाको अवधिमा ६६० मेट्रिकटन बंगुरको मासु उत्पादन भएको थियो । चालू आवको आठ महिनामा ६६६ मेट्रिकटन बंगुरको मासु उत्पादन भएको केन्द्रको तथ्याङ्कमा छ । जिल्लामा गत वर्ष आठ महीनामा ६९३ मेट्रिकटन कुखुराको मासु उत्पादन भएकोमा चालू आवको आठ महीनामा ७९८ मेट्रिकटन उत्पादन भयो । जिल्लामा गत वर्ष आठ महीनाको अवधिमा १.०१ मेट्रिकटन भेडाको मासु उत्पादन भएमा चालू आवको सोही अवधिमा १ मेट्रिकटन उत्पादन भयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -