स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मेरो भौतिकवादी दर्शनमा आध्यात्मिकतालाई निषेध गरिएको छैन : प्रचण्ड

सेयर गर्नुहोस

काठमाडौ । नेपाल कम्युनिष्ट पाटी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भौतिकवादी दर्शनमा आध्यात्मिकता समाहित भएको बताउनु भयो ।
आज काठमाडौ सितापइला स्थित नारायण पोखरेल प्रतिष्ठान द्धारा आयोजीत गीताज्ञान अनुष्ठानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आध्यात्मिकता पूर्वीय ज्ञानको महत्व बोकेको मानविय मुल्य मान्यता र अनुशासनको बलमा मानव समाजलाई भौतिक समृद्धि तर्फ अगाडी बढाउने प्रकृया भएको बताउनु भयो ।

कार्यत्रममा बोल्दै अध्यक्ष प्रचण्डले दिवंगत पण्डित नारायण प्रसाद पोखरेलले आध्यात्मिक चिन्तन मार्फत भौतिक समृद्धिको निम्ती चलाएको अभियानलाई उहाँका सुपुत्र प्रतिष्ठान काप्रमुख संरक्षक एवं सुविख्यात युवावाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले अगाडी बढाएकोमा बिशेष आभार प्रकट गर्दै आध्यात्मिकता कुनै खास र्धम प्रतिको विश्वास वा अविश्वास नभएर मानव जातीको आत्मिय चिन्तनमा आधारित रहेर बाँच्ने ,सोच्ने र क्षमता बोध गर्ने तरिका सँग सम्बन्धित भएको समेत बताउनु भयो ।


हाम्रा अग्रजहरुले पनि योग र आध्यात्मिक चिन्तनको माध्यामबाट मानव जिवनको परिकल्पना गरेर हामीलाई उत्तराधिकारी का रुपमा छोडेर जानु भएकोले उहाँहरुको सम्पूर्ण आस्था र चिन्तन प्रति सम्मान गर्न नसक्ने जो कसैले पनि समाज,देश र जनताको पक्षमा केही गर्न नसक्ने कुरा प्रकट गर्नु भयो ।

गीताज्ञान कुनै धार्मिक आस्थासगँ सम्बन्धित नभएर मानव जीवनलाई कर्तव्य प्रति डोर्याउने चिजको नाम हो, भने जीवन प्रतिको निरास र वैराग्य बिरुद्ध कर्तव्य पथमा निरन्तर रुपमा अगाडि बढ्दै समाज र मानव जीवनलाई गतीशील बनाउने सार हो । त्यसैले चिन्तनको हिसावले गीतामा कर्तव्य गर फलको आस नगर भन्दै कर्तव्य सिकाउन खोजेको बताउनु भयो ।

पूर्वीय दर्शनमा गीता ज्ञान आध्त्मिकताको उच्चतम अभिव्यक्ती हो र हामी सबैको निम्ती अत्याधिक बिरासतरुपमा रहेको ऐतिहासिक सम्पति हो, जसलाई हामीले हाम्रो समाज र देशको उन्नतीको निम्ती प्रयोग गर्न सक्नु पर्छ । अहिले नारायण पोखरेल प्रतिष्ठान मार्फत जे दिन खोजिएको छ आध्यात्मिक चिन्तन मार्फत भौतिक समृद्धितर्फ अगाडी बढ्न पे्ररणको स्रोतको रुपमा अनुष्ठान गरिएको बुझ्न जरुरी भएको भन्दै हाम्रो देश पौराणिक कालदेखि आध्यात्मिक चिन्तन र भौतिक समृद्धिका निम्ती ठुला ठुला तपश्य गरी धेरै ठुला चिन्तकहरुले जन्म लिएकै कारण पूण्य भूमि भएको प्रचण्डले बताउनु भयो ।


कार्यत्रममा नेपाली काग्रेसका महामन्त्री डा.शसांक कोईराला, सासंद, पुर्वमन्त्री लगायत बद्धिजीवी पेशाकर्मीहरुको उपस्थिति थियो ।

गीता ज्ञान अनुष्ठानको कथा वाचन यहि मंगलबार देखि निरन्तर अगाडी बढ्ने आयोजकले जानकारी दिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -