स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकालाई

सेयर गर्नुहोस

विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितको छ ।

आज भएको फाइनल खेलमा पोखरा महानगरपालिकाले नुवोकोटको विदुर नगरपालिकालाई २–० गोलले पराजित गरेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा पोखराका लागि विमल राना र दिपेश आलेले गोल गरेका थिए । शुरुआतदेखि नै खेल प्रतिस्पर्धात्मक बनेको थियो । खेलको म्यान अफ दी म्याच विदुरका गोविन्द रिमाल भए ।

उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । उपाधिसँगै पोखराले रु तीन लाख, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता विदुरले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी विदुर नगरपालिकाका महेन्द्र तामाङ भए ।

उनले रु १५ हजार पुरस्कार पाए । उदीयमान खेलाडी पोखराका टिका गुरुङ र सर्वाधिक गोलकर्ता नुवाकोटका आशिष लामा भए । दुवै जनाले जनही रु १० हजार प्राप्त गरे । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भएको प्रतियोगितामा दुई महानगरपालिका तथा ६ नगरपालिकाको टोलीले सहभागिता जनाएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -