नागरिकले कानून बुझ्न जरुरी : मुख्यमन्त्री पोखरेल नागरिकले कानून बुझ्न जरुरी : मुख्यमन्त्री पोखरेल



रुपन्देही, २३ वैशाख : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कानूनमा नागरिकको पहुँच बढाउनुपर्ने बताउनुभएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज बुटवलमा आयोजना गरेको देवानी र फौजदारीसंहिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकले व्यावहारिक हिसाबले मात्रै कानूनी प्रक्रिया बुझ्ने गरेकाले सैद्धान्तिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानून नबुझ्नेले व्यवहारको भाषा बुझ्छन्, कानून पढेर पालना गर्ने संस्कृति बन्नसकेको छैन ।’

मुख्यमन्त्री पोखरेलले देशको कानूनबारे अनभिज्ञता क्षम्य नहुने भएकाले नागरिकस्तरमा चेतना प्रवाह गर्नु आवश्यक भएको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले न्यायालयप्रति जनताको विश्वास बढाउन जरुरी रहेको बताउनुभयो ।

न्यायालयमा जाँदा म सुरक्षित छु भन्ने भावनाको विकास गराउनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा देवानी र फौजदारीसंहिता सम्बन्धी प्रस्तुति गर्दै जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले प्रचलित कानूनका विषयमा सरोकारवालाले जति चासो लिन्छन् त्यति नै प्रभावकारी कार्यान्वयन हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले देवानी र फौजदारीसंहिता २०७४ मा उल्लेख प्रावधानबारे जानकारी गराउँदै यसको कार्यान्वयनका लागि सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । सहभागीले न्यायिक जनशक्तिको विकास गरेर न्यायालयको भूमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सरकारले देवानी र फौजदारी संहिताको स्वामित्व लिएर कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय